काठमाडौं – बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक दिउँसो २ बजे सुरु हुँदैछ।
बैठकले समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल गर्दैछ। बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाको जानकारी गराइने छ।
बैठकले केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गर्ने, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरेको छ।
बैठकमा मिडिया अध्ययन कार्यदलले अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीमा उल्लेख छ।
उम्मेदवार छनौट सिफारिस समिति विस्तार, रूपन्देही–३ को उम्मेदवारसँगै विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ। बैठकमा जेनजी लक्षित अभियानका विषयमासमेत छलफल हुँदैछ।













प्रतिक्रिया