सन् २०३० सम्म नेपालीको औसत आयु ३.७ वर्षले बढ्न सक्ने « Khabarhub

सन् २०३० सम्म नेपालीको औसत आयु ३.७ वर्षले बढ्न सक्ने


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सन् २०३० सम्ममा ६० लाख मानिसको ज्यान बच्न सक्ने र औसत आयु ३.७ वर्षले बढ्न सक्ने अध्ययनले देखाएको छ । 

अल्प तथा मध्यम आय भएका नेपालजस्ता मुलुकहरूमा प्राथमिक स्वास्थ्य सेवाका कार्यक्रमहरू प्रभावकारी रूपमा लागू गरिएमा दिगो विकास लक्ष्यबाट २०३० सम्म प्राप्त हुने स्वास्थ्य लाभको करिब ७५ प्रतिशत प्राथमिक स्वास्थ्य सेवा मार्फत नै प्राप्त गर्न सकिने अनुमान गरिएको छ । 

नेपालको हालको सन्दर्भमा प्राथमिक स्वास्थ्य सेवा भनेर आधारभूत स्वास्थ्य सेवालाई बुझिन्छ । नेपालको संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवालाई सशक्त बनाउनु अपरिहार्य रहेको छ । 

यसै उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा हालै नेपालमा सहरी स्वास्थ्य समानताका लागि सहरी प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण विषयक एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको थियो ।

यस वर्षको संवाद शृङ्खलाको तेस्रो रूपमा सञ्चालन यस कार्यक्रममा सरकारी निकाय, शैक्षिक संस्था, नागरिक समाज, स्थानीय तहका प्रतिनिधि, महिला समुदाय स्वास्थ्य स्वयंसेवकहरू, समुदायका प्रतिनिधि, र विकास साझेदारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहरी प्राथमिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, प्रमुख चुनौतीहरू, र समानतामूलक तथा जन केन्द्रित सेवाको आवश्यकताका विषयमा छलफल भयो। सहभागीहरूले दिगो वित्तीय संयन्त्र, सामुदायिक सहभागिता, र जबाफदेहिता प्रणालीको सुदृढीकरणमा जोड दिँदै सहरी स्वास्थ्य प्रणालीलाई दिगो र समावेशी बनाउनेका लागि सुझावहरू दिएका थिए । 

उक्त कार्यक्रममा सन् २०३० भित्रमा स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचको लक्ष्य प्राप्त गर्न मद्दत पुर्‍याउने विश्वाससहित स्वास्थ्य अवस्थाको म्यापिङ र प्रोफाइलिङ गर्ने , सामुदायिक सहभागिता, बृहत् सामाजिक निर्धारक, आवश्यक स्वास्थ्य सेवाको लागि सुदृढ तथा न्यायोचित वितरण संयन्त्रको विकास गर्ने, बहु–क्षेत्रीय साझेदारी सुदृढीकरणका लागि कार्यनीति बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : १५ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच