शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा प्रदर्शन, काठमाडौंमै रोकियो बुद्धको जहाज « Khabarhub

शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा प्रदर्शन, काठमाडौंमै रोकियो बुद्धको जहाज


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत बारा जान खोज्दा सिमरा विमानस्थलमा तनाव भएको छ।

एमालेको कार्यक्रममा सहभागी हुन बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन-जीका नाममा तोडफो र प्रदर्शन गरेको हो ।

जेन-जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन-जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको छ ।

सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ ।

बस्नेत र पोखरेल सवार भएर सिमरा जान लागेको जहाज काठमाडौंमै रोकेर यात्रुलाई प्रतिक्षालयति लगिएको एकजना यात्रु राजक कुइँकेलले बताएका छन् ।

‘सिमरा विमानस्थलमा प्रदर्शन गरेको खबर आएको छ। त्यसपछि हामीलाई नउडाई विमानबाट उतारिएको छ’, कुइँकेलले भने, ‘अहिले हामीलाई बुद्धको
काउन्टर तिर लैजाँदैछन् ।’

बस्नेत र पोखरेल बारामा बुधबार आयोजना हुने प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।

तर बस्नेत बारा पुग्ने थाहा भएपछि सिमरा विमानस्थलमा जेन-जीका नाममा घेराउ भएको थियो ।

अहिले विमानस्थलमा सुरक्षा कडा पारिएको छ। त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली तैनाथ गरिएको छ।

बस्नेतसहितलाई स्वागतका लागि विमानस्थल आगमन कक्षमा पूर्वमन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायतका नेताहरू उपस्थित थिए ।

जेन-जीका नाममा एउटा समूहले बस्नेतको आगमनको सूचना पाएलगत्तै सामाजिक सञ्जालमार्फत् विरोध कार्यक्रम घोषणा गरेको थियो । उनीहरूको विरोधका कारण एमालेको कार्यक्रमलाई पनि असर पर्ने देखिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : २६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका