एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन : सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू « Khabarhub

एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन : सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

कलैया, बारा- नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई रोक्न भन्दै जेन-जीका नाममा गरिएको प्रदर्शन उग्र बनेपछि सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म सिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

जारी आदेशअनुसार जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभित्र निम्न स्थानहरूमा पाँचजना वा सोभन्दा बढी व्यक्ति भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा-बैठक गर्न वा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

कर्फ्यु लागेको क्षेत्र

१. गण्डक नहरदेखि पथलैया सडक खण्ड (राजमार्ग) को दायाँ-बायाँ ५०० मिटरसम्मको क्षेत्र ।

२. सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्मको क्षेत्र ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा हस्ताक्षरित आदेशमा सिमरा विमानस्थल आसपासमा जेन–जे युवाहरूको प्रदर्शन र विभिन्न राजनीतिक दल आवद्ध समूहहरूबीच झडप भएको तथा सरकारी र निजी सम्पत्तिमा क्षति हुन सक्ने जोखिम बढेपछि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम कर्फ्यू लगाइएको जनाइएको छ।

कर्फ्यू अवधिभर अत्यावश्यक सेवाहरू भने सञ्चालन रहनेछन्। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट देखाएर विमानस्थल जाने/आउने यात्रुहरूलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।

स्थानीय प्रशासनले सबै पक्षलाई शान्ति कायम गर्न र कर्फ्यू आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ। कर्फ्यू उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ।

एमालेको कार्यक्रममा सहभागी हुन नेताद्वय पोखरेल र बस्नेत बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन-जीका नाममा तोडफो र प्रदर्शन गरेको हो ।

जेन-जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन-जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको छ ।

सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : ३५ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी