खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या « Khabarhub

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गर्न पाएका छैनन् । कम्पनीले महेन्द्रनगरमा पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएको छ । उक्त कोटा पूरा भएपछि खाद्यले किसानको धान खरिद गर्न बन्द गरेपछि समस्यामा परेका हुन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका हेमराज खड्काले धान बिक्रीका लागि व्यापार कम्पनी महेन्द्रनगरमा तीन पटक धाए पनि बिक्री गर्न नसकेको बताए।

‘सुरुमा मङ्सिर ३ गतेसम्मको टोकन बाडिसक्यो पछि आउनु भनियो । आज खाद्यले खरिद कोटा पूरा भइसक्यो भनेर टोकन दिइएन’, उनले भने, ‘खाद्यमा बिक्री गर्न पाए राम्रो मूल्य पाइन्छ, बाहिर व्यापारीलाई सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ ।’

उनीजस्तै धान बिक्रीका लागि टोकन माग्दै किसानहरू दिनहुँ खाद्य कम्पनीको कार्यालयमा पुगिरहेका छन् । 

‘खाद्यले धान खरिद नगर्ने बाहिर व्यापारीले किसानलाई मूल्य नदिने, हामी जहिल्यै मार्कामा पर्छौँ’, किसान विष्णु पन्तले भने, ‘धान बिक्री गर्न नपाउँदा घरमा भण्डार गरेर राख्नसमेत समस्या भएको छ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजसम्म (मङ्सिर ३ गते) का लागि एक साताअघि नै टोकन वितरण गरिसकिएको जनाएको छ । कम्पनीका प्रमुख महिकिरण महराले पाँच हजार क्विन्टल मात्रै धान खरिदको कोटा पाएकाले सोभन्दा बढी खरिद गर्न नसकिएको बताए। 

‘विगतका वर्षहरूमा १५ हजार क्विन्टल धान खरिद गर्ने कोटा थियो, कम किसान आए’, उनले भने, ‘यस पटक कोटा कम छ । कोटा नबढेसम्म धान खरिद गर्न सकिँदैन ।’

उनका अनुसार हालसम्म २१४ किसानले धान बिक्रीका लागि नाम टिपाएका छन् ।

‘गत वर्ष कोटाअनुसार धान खरिद नभएपछि हामीले बाहिरबाट चामल खरिद गर्नुपर्‍यो , उक्त चामल महँगो भएकाले अहिलेसम्म बिक्री हुन सकेको छैन’, प्रमुख महराले भने । 

खाद्यले बजारको तुलनामा राम्रो मूल्य दिइरहेकाले किसानहरू यहाँ धान बिक्री गर्न आकर्षित भएका हुन् । अहिले बजारमा व्यापारीले प्रतिक्विन्टल रु दुई हजार ४००–दुई हजार ५०० सम्ममा धान खरिद गरिरहेका छन् । खाद्यले प्रतिक्विन्टल मोटो तीन हजार ४६३ र मध्यम रु तीन हजार ६८८ मा खरिद गरिरहेको छ ।
    
गत वर्ष खाद्यले महेन्द्रनगरमा १५ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । त्यतिबेला रु तीन हजार ३०० क्विन्टल मात्रै खरिद भएकाले यसपटक कोटा घटाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ३९ बजे

दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध नेपाल सात विकेटले विजयी

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो

एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं – बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम

लस एरेसिफेस – मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ