मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ « Khabarhub

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने तीन जालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

मकवानपुर घर भई ललितपुर बस्ने २० वर्षीय प्रशान्त खत्री, मकवानपुरकै २७ वर्षीय समिर रुम्बा र मकवानपुरका २७ वर्षीय निमा रुम्बालाई पक्राउ गरी आज सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

उनका अनुसार खत्रीलाई काठमाडौँको तारकेश्वर नगरपालिकास्थित पुरानो गुह्येश्वरीबाट र रुम्बाद्वयलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो ।

ट्राफिक प्रहरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ‘ह्विल’ तथा ‘चेनलक’, ‘ह्यान्डिल’ र ‘डिस्कलक’, सुरक्षा साइरनहरू जडान गर्न तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सबैलाई अनुरोध गरेको छ ।

कार्यालयले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ४८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल