काठमाडौं महानगरद्वारा तीन अर्ब २२ करोडभन्दा बढी राजस्व संकलन « Khabarhub

काठमाडौं महानगरद्वारा तीन अर्ब २२ करोडभन्दा बढी राजस्व संकलन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ राजस्व संकलन गरेको छ । सोही अवधिमा गत आवमा तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ संकलन भएको थियो । 

गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको बताए ।  

चालु आवको हालसम्म आन्तरिक करतर्फ एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७०० संकलन भएको छ । गत आवको यस अवधिमा एक अर्ब ९९ लाख दुई लाख ६७ हजार ६९५ राजस्व संकलन भएको थियो ।

चालु आवमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ । उनका अनुसार गत आवको पहिलो चौमासिक अवधिमा रु ५० करोड ३१ लाख तीन हजार ७३८ संकलन भएको सम्पत्ति कर चालु आवको सोही अवधिमा रु ४२ करोड ७६ लाख ५४ हजार २७६ संकलन भएको छ ।  

अधिकारीले भने, ‘गत वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’

यस वर्ष वहाल कर असुली बढेको बताउँदै उनले गत वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ संकलन भएकामा यस वर्ष रु एक अर्ब दुई करोड ९२ लाख ९७ हजार ५७० संकलन भएको जानकारी दिए । 

गत वर्षको यस अवधिमा रु २२ करोड ८७ लाख आठ हजार ७०८ व्यवसाय कर संकलन भएकामा चालु आवको हालसम्म रु २३ करोड ३२ लाख ३६ हजार १७० असुली भएको छ । 
 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ३५ बजे

वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

काठमाडौं– सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक

पदमुक्त भए मधेश प्रदेशसभाका सभामुख मण्डल

जनकपुरधाम– मधेश प्रदेश सभका सभामुख रामचन्द्र मण्डल बुधबारदेखि पदमुक्त भएका

तनावग्रस्त बारा, यस्तो देखियो दिनभरको दृश्य (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतको विरोध गर्दै बारामा जेन-जीहरुले

‘हेट स्पीच’ र उत्तेजक अभिव्यक्ति रोक्न नेताहरूलाई प्रधानमन्त्री कार्कीको चेतावनी

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक

दलहरूलाई प्रधानमन्त्रीका ७ सन्देश : चुनावमा भाग नलिए लोकतान्त्रिक जिम्मेवारीबाट भागेको मानिनेछ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेको