काठमाडौं महानगरद्वारा तीन अर्ब २२ करोडभन्दा बढी राजस्व संकलन « Khabarhub

काठमाडौं महानगरद्वारा तीन अर्ब २२ करोडभन्दा बढी राजस्व संकलन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ राजस्व संकलन गरेको छ । सोही अवधिमा गत आवमा तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ संकलन भएको थियो । 

गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार लक्ष्य निर्धारण गरिएको जनाउँदै कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले चालु आवका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार लक्ष्य राखिएको बताए ।  

चालु आवको हालसम्म आन्तरिक करतर्फ एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७०० संकलन भएको छ । गत आवको यस अवधिमा एक अर्ब ९९ लाख दुई लाख ६७ हजार ६९५ राजस्व संकलन भएको थियो ।

चालु आवमा आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर रहेको अधिकारीको भनाइ छ । उनका अनुसार गत आवको पहिलो चौमासिक अवधिमा रु ५० करोड ३१ लाख तीन हजार ७३८ संकलन भएको सम्पत्ति कर चालु आवको सोही अवधिमा रु ४२ करोड ७६ लाख ५४ हजार २७६ संकलन भएको छ ।  

अधिकारीले भने, ‘गत वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’

यस वर्ष वहाल कर असुली बढेको बताउँदै उनले गत वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ संकलन भएकामा यस वर्ष रु एक अर्ब दुई करोड ९२ लाख ९७ हजार ५७० संकलन भएको जानकारी दिए । 

गत वर्षको यस अवधिमा रु २२ करोड ८७ लाख आठ हजार ७०८ व्यवसाय कर संकलन भएकामा चालु आवको हालसम्म रु २३ करोड ३२ लाख ३६ हजार १७० असुली भएको छ । 
 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ३५ बजे

महानगर र उपमहानगरमा घरजग्गा कारोबार गर्न ३६ कम्पनीले पाए अनुमति, फागुन २५ देखि अनिवार्य

काठमाडौं– महानगर र उपमहानगरभित्र घरजग्गा कारोबार गर्नका लागि ३६ वटा

आफ्ना नागरिकलाई इरान छोड्न भारतको आग्रह

नयाँदिल्ली– तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकाबीच भारत सरकारले आफ्ना

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट