दलहरूलाई प्रधानमन्त्रीका ७ सन्देश : चुनावमा भाग नलिए लोकतान्त्रिक जिम्मेवारीबाट भागेको मानिनेछ « Khabarhub

दलहरूलाई प्रधानमन्त्रीका ७ सन्देश : चुनावमा भाग नलिए लोकतान्त्रिक जिम्मेवारीबाट भागेको मानिनेछ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई आगामी फागुन २१ गतेको निर्वाचनबाट दायाँबायाँ नहुन प्रष्ट सन्देश दिएकी छन् ।

उक्त निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई उनले स्पष्ट र कडा सन्देश दिएकी हुन्।

बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग बोल्दै उनले संसद् पुनःस्थापना र निर्वाचन बहिष्कारजस्ता गतिविधिले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चेतावनी पनि दिएकी छन् ।

प्रमुख दल नेकपा एमालेले संसद् पुनर्स्थापना र निर्वाचन बहिष्कार जस्ता गतिवधि बढाइरहेका बेला उनले त्यसबारे कानुनी रुपमै उपचार खोज्ने चेतावनी पनि दिएकी छन् ।

दलहरूलाई प्रधानमन्त्रीका ७ सन्देश :

फागुन २१ को निर्वाचन कुनै हालतमा रोकिँदैन । सबै दलहरूले यसलाई आफूहरूको संवैधानिक दायित्वका रूपमा लिनुपर्छ।

मंसिर १० गतेभित्र अनिवार्य रूपमा दल दर्ता गराउनुहोस्, दल दर्ता गराएर चुनावमा नगए त्यो लोकतान्त्रिक जिम्मेवारीबाट पलायन मानिनेछ।

संसद् पुनःस्थापनाको माग अब मान्य छैन, यस्तो अडानले देशलाई फेरि अस्थिरतामा धकेल्छ।

द्वेषपूर्ण भाषा, हेट स्पीच र आचारसंहिताविरुद्धका अभिव्यक्तिमा कडा कारबाही हुन्छ । सरकारले यसमा निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्छ।

निर्वाचन आयोग सबलीकरण, खर्च कटौती र पारदर्शिता सरकारको प्राथमिकता हो, प्रचार अवधि २१ दिनमा सीमित हुनेछ।

गत भदौ २३ र २४ गते भएको जेन-जी युवाहरूको विद्रोहलाई सकारात्मक राजनीतिक सहभागितामा रूपान्तरण गरिन्छ, कानुन सुधार गर्दै युवाको भूमिकालाई बढाउने प्रतिबद्धता सरकारले गरेको छ ।

निर्वाचन सुरक्षित, भयरहित र विश्वसनीय बनाइन्छ । सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ५२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा