नारायणी पुलमा दुई रात गाडी चलाउन नपाइने « Khabarhub

नारायणी पुलमा दुई रात गाडी चलाउन नपाइने


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नारायणी नदीको पुलमा दुई दिनका लागि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

नारायणगढ–बुटवल सडक आयोजनाले बुधबार एक सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्रे गर्नुपर्ने भएकाले रातिको समयमा यातायात बन्द गर्न लागिएको जनाएको हो।

आयोजनाका अनुसार, मंसिर ५ र ६ गते (शुक्रबार र शनिबार) रातिको समयमा सवारी आवागमन रोकिनेछ । राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी साधन सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख छ।

आयोजना कार्यालयले त्यस अवधिमा वैकल्पिक सडक प्रयोग गर्न वा तोकिएको स्थानमा सवारी रोकेर पालो पर्खन अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ४५ बजे

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु