नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा « Khabarhub

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको नेकपाका नेता देवप्रसाद गुरुङले जानकारी दिए ।

वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, डा वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र प्रकाश ज्वाला सहभागी थिए । जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव, रणध्वज कन्दङ्वा र परशुराम बस्नेतलगायत सहभागी थिए ।

विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको छ । वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै निष्कर्षमा पुगिने बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ३६ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई