एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान « Khabarhub

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ ।

पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो । 

बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने सभामा समाचार सङ्कलन र सम्प्रेषणका लागि आउने सञ्चारकर्मीसँग आवश्यक समन्वय समाजवादी प्रेस सङ्गठन, प्रेस सेन्टर नेपालले गर्नेछन् । उपत्यका र बागमती प्रदेश समितिले नेताहरूको सत्कारलगायत आवश्यक समन्वय गर्नेछन् ।

हालै गरिएको वाम शक्तिबीचको एकतापछि विभिन्न प्रदेश तथा जिल्लामा गरिएको एकता सन्देश सभा तथा त्यसले जनतामा आएको उत्साह, मुलुकको समसामयिक घटनाक्रमबारे शीर्षनेताहरूले सहभागी सबैलाई जानकारी गराउने कार्यसूची रहेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ३४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन