रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ? « Khabarhub

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यलाई ध्यानमा राखेर समानुपातिक उम्मेदवारको टुंगो लगाउने भएको छ।

एकता हुन आएका सदस्यको आवश्यकता, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य एवं एकता साथै जेन–जी अगुवा र सरकार बिच भएको सम्झौता’ समेतलाई ध्यानमा राखी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको समानुपातिकतर्फको उम्मेदवारी दिने तयारी गरेको हो।

समानुपातिक उम्मेदवारी दिने म्याद आगामी पुस गतेसम्मका लागि थप गर्ने निर्णय अनुसार शुक्रबार र शनिबारसम्ममा उम्मेदवारी दिने व्यक्तिको हकमा छलफल हुने जनाइएको छ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् महत्त्वपूर्ण चार बुँदे सूचना सार्वजनिक गरेको हो।

रास्वपाको महत्त्वपूर्ण सूचनाका चार बुँदा

-पहिलो चरणको प्रारम्भिक नामावली प्रकाशन तथा उम्मेदवारसँग छलफलका लागि जानुपर्ने स्थान सम्बन्धित उम्मेदवारको भोटर आइडी जुन जिल्लामा छ, सोहीसँग सम्बन्धित प्रदेशमा तोकिएको छ। पार्टीले प्रकाशन गरेको प्रारम्भिक उम्मेदवार नामावलीमा आफ्नो भोटर आइडी भएको प्रदेशभन्दा फरक प्रदेशमा यदि हजुरको नाम आएको छ भने, आफ्नो प्रदेशका सभापतिज्यूसँग समन्वय गरी जानकारी दिनुहोला।

-उम्मेदवार छनोट रूपरेखा अन्तर्गत पार्टीले तय गरेको उम्मेदवार छनोट टाइमलाइनअनुसारका हरेक सामूहिक गतिविधिमा प्रारम्भिक उम्मेदवारको सहभागिता अनिवार्य गरिएको छ। विशेष अवस्थामा सचिवालयले अनुमोदन गरेको हकमा बाहेक सहभागी नहुने व्यक्तिहरूको उम्मेदवारी प्रक्रिया स्वतः खारेज हुनेछ।

-राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८२ मङ्सिर २५ गते बसेको पार्टी सचिवालय बैठकले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका सदस्यहरूको प्राकृतिक आवश्यकता, उच्च संवाद समितिको तर्फबाट भइरहेको सम्भाव्य सहकार्य एवं एकता साथै जेन–जी अगुवा र सरकारका बीच भएको सम्झौता’ समेतलाई ध्यानमा राखी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीको समानुपातिकतर्फको उम्मेदवारी दिने म्याद आगामी पौष ५ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको थियो। त्यो परिप्रेक्ष्यमा, आज र भोलिसम्म उम्मेदवारी दिने व्यक्तिहरूको हकमा उम्मेदवारहरूसँग छलफल र घरदैलो काठमाडौँ र बागमती प्रदेशमै हुनेछ।

-पहिलो चरणको प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन भएसँगै उहाँहरूमाथि दाबी–विरोध पनि स्वतः सुरु भएको छ। उम्मेदवारमाथि दाबी–विरोध सम्बन्धित प्रदेशका सभापतिज्यू, पार्टी निर्वाचन आयोग, केन्द्रीय कार्यालय वा [email protected] मा इमेलमार्फत सिधै गर्न सकिने छ।

पुनश्च: निर्वाचन आयोग नेपालले क्लस्टरको कम्पोजिसनको अध्ययन गरिरहेको अवस्थामा अन्तिम बन्द सूचीको क्लस्टर कम्पोजिसन निर्वाचन आयोग नेपालले तोकेबमोजिम नै हुनेछ। साथै, पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियाका विभिन्न अवयव निर्वाचन आयोग नेपालले गर्ने निर्णयमा निहित रहनेछ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : ३९ बजे

देउवा-आरजुविरुद्ध पक्राउ प्रक्रियामै सरकारको अनेक त्रुटि, सर्वोच्चले उठायो गम्भीर प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ