कटुवा पेस्तोलसहित एक युवा पक्राउ « Khabarhub

कटुवा पेस्तोलसहित एक युवा पक्राउ


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 

तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा  बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन् ।

प्रहरीले सवारीसाधान रोकी जाँच गर्ने क्रममा यादव पेस्तोलसहित भेटिएका थिए । यादव बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ नम्बरको बसमा सवार थिए । 

यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए। पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।  

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १२ : २९ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले