जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’ « Khabarhub

जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा बसेको छ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा दिउँसो पौने ३ बजेदेखि सुरु भएको बैठकलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टी अनुशासन, लोकतन्त्र र संगठन सुदृढीकरणका विषयमा धारणा राखे। उनले एमाले दृढ अनुशासनमा चल्ने पार्टी भएको उल्लेख गर्दै भने, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो एमाले होइन। हाम्रो पार्टीमा साँच्चिकै दृढ अनुशासन चाहिन्छ।’

ओलीले एमाले लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै पार्टीभित्र व्यक्तिको स्वतन्त्रता रहेको बताए। तर सामूहिक हित र राष्ट्रिय स्वार्थविरुद्ध निजी स्वार्थ खोज्नु स्वतन्त्रता नभएको उनको भनाइ थियो। ‘हाम्रो पार्टी महान् अभिभारासहित अघि बढेको छ,’ उनले भने।

पार्टीभित्र अधिनायकवाद रहेको आरोपको खण्डन गर्दै ओलीले आलोचकहरूलाई संकेत गर्दै भने, ‘उल्क्याउँछन्, त्यहाँ बोल्नै पाइँदैन भन्छन्। ओलीसँग आँखा जुधाएर बोल्न सकिँदैन, झोलेहरू मात्रै बस्छन् भन्छन्,’ उनले थपे, ‘केपी ओलीले विरोध गर्नुपर्ने कुनै काम गर्दैन।’

देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उनले यसलाई सहज बनाउने जिम्मेवारी एमालेले लिने बताए। प्रजातन्त्र हराउँदा त्रास बढाइएको र लोकतन्त्र मिचिएको भन्दै अब खुला लोकतन्त्रको वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे।

संगठनात्मक विषयमा ओलीले पार्टी संगठन व्यापक र सुदृढ रहेको भन्दै अब यसमा थप गतिशीलता आवश्यक रहेको बताए। ‘अब हामीले टोल–टोलमा सुरक्षा समिति बनाउनुपर्छ,’ उनले भने।

जेन–जीलाई लक्षित गर्दै ओलीले भने, ‘सिरक ओढेर म जेन–जी भन्दै कसैले तर्साउन खोज्दा एमाले तर्सिँदैन।’ उनले अबको तीन हप्ताभित्र केन्द्रीय कमिटीको अर्को बैठक बस्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : २३ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई