शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो « Khabarhub

शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल वा गुट-उपगुटका कुरा अन्त्य भइसकेको बताए ।

उनले अब सबैजनालाई समेटेर पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।

पार्टीभित्रका असन्तुष्टि पार्टीका बैठकमा राख्न निर्देशन दिँदै उनले सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देशनसमेत दिए ।

अध्यक्ष ओलीले पार्टी अध्यक्षविरुद्ध पटक पटक हमला हुने गरेको भन्दै नेतृत्वप्रति अनास्था जगाउन पार्टी एकतामा खलल पुर्‍याउन उचाल्ने कुरामा प्रभावित नहुने आग्रह गरे।

देश अप्ठेरो अवस्थामा परेका बेला एमालेबाहेक अन्य कुनै दल बोल्न नसकेको उनको भनाइ छ । उनले जेन-जी आन्दोलनका क्रममा सुनियोजित रुपमा भयानक षडयन्त्र भएको र देशलाई नै शताब्दी पर धकेल्ने काम भएको बताए ।

ओलीले देशमा लोकतन्त्र फर्काउने कामको नेतृत्व एमालेले गर्नुपर्ने बताए । केन्द्रीय कमिटीको प्रथम पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पुस २६, २७ र २८ गते बस्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : ३९ बजे

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा

सञ्चारमन्त्रीले भने- निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् 

काठमाडौं–  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चितताको बाटोबाट

रास्वपाले भन्यो- सभापति छुटेपछि पार्टीको काममा फर्किनुहुनेछ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह

काठमाडौं– ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)