शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो « Khabarhub

शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल वा गुट-उपगुटका कुरा अन्त्य भइसकेको बताए ।

उनले अब सबैजनालाई समेटेर पार्टी थप एकताबद्ध र बलियो भएर अघि बढ्ने बताएका छन् ।

पार्टीभित्रका असन्तुष्टि पार्टीका बैठकमा राख्न निर्देशन दिँदै उनले सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देशनसमेत दिए ।

अध्यक्ष ओलीले पार्टी अध्यक्षविरुद्ध पटक पटक हमला हुने गरेको भन्दै नेतृत्वप्रति अनास्था जगाउन पार्टी एकतामा खलल पुर्‍याउन उचाल्ने कुरामा प्रभावित नहुने आग्रह गरे।

देश अप्ठेरो अवस्थामा परेका बेला एमालेबाहेक अन्य कुनै दल बोल्न नसकेको उनको भनाइ छ । उनले जेन-जी आन्दोलनका क्रममा सुनियोजित रुपमा भयानक षडयन्त्र भएको र देशलाई नै शताब्दी पर धकेल्ने काम भएको बताए ।

ओलीले देशमा लोकतन्त्र फर्काउने कामको नेतृत्व एमालेले गर्नुपर्ने बताए । केन्द्रीय कमिटीको प्रथम पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक पुस २६, २७ र २८ गते बस्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ४ : ३९ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई