रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि « Khabarhub

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह थुनामुक्त भएका छन्।

सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनी रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएर औपचारिक रुपमा जेलबाट मुक्त भएका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।

नख्खु जेलबाट रिहा भएपछि लामिछानेलाई प्रहरी साथमा लगाएर शुक्रबार चितवनको भरतपुर हुँदै स्थलमार्गबाट भैरहवा पुर्‍याइएको थियो ।

अदालतको आदेशपछि अब रविले जेलबाहिर रहेरै आफ्ना गतिविधि गर्न पाउनेछन् । उनलाई अदालतले विदेश जाँदा भने अनुमति लिनुपर्ने शर्त राखेको छ।

यसअघि भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा रविलाई रास्वपाका कार्यकर्ताले बलजफ्ती निकालेका थिए । तर, उनले केही दिनमै फेरि नख्खुमै फर्किनु परेको थियो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ३९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन