फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल « Khabarhub

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शुक्रबार काठमाडौंको महाराजगञ्ज चुनदेवीबाट पक्राउ गरेको हो ।

अग्रवाललाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरेको सीआईबीले जनाएको छ ।

बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बेचेको पाइएको सीआईबीले जनाएको छ ।

अग्रवालले ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानूनविपरीत नाफा आर्जन गरेको खुलेकव छ। अन्य टीएमएस प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्त तथा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको पाइएको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले त्यही ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको पाइएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले शुक्रबार जानकारी दिएको छ। उनी यस्तै प्रकरणमा यसअघि पनि पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ८ : ०२ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा