सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय « Khabarhub

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा उमेदवारका लगि आएका नामहरूलाई केन्द्रमा पठाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि कांग्रेस उमेदवार सिफारिस जिल्लाहुँदै प्रदेशमा पुगेको छ ।

ती नामहरूको विषयमा छलफल गर्ने मुख्य एजेण्डासहित बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले क्षेत्रहरूबाट आएका नामहरूलाई सर्वसम्मत रूपमा केन्द्रमा पठाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जिल्ला तथा क्षेत्रबाट आएका नामहरूलाई सर्वसम्मत रूपमा केही कैफियतसहित केन्द्रमा पठाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार बैठकले सबै जिल्लाबाट प्राप्त राय तथा सुझावलाई समेटेर केन्द्रीय नेतृत्वसमक्ष पठाउने निष्कर्ष निकालेको हो । ‘जिल्ला–क्षेत्रबाट आएका नामहरूलाई सर्वसम्मत रूपमा, आवश्यक कैफियतसहित माथि पठाउने निर्णय गरियो,’ सभापति पुनले भने ।

बैठकमा नेपाली कांग्रेसको विधानसम्बन्धी विषयमा पनि छलफल भएको थियो । त्यस्तै, युवाहरूलाई पार्टी गतिविधिमा सहभागी गराउने, क्रियाशील सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउने निर्णय पनि गरेको छ । त्यस्तै, २६ वटै निर्वाचन क्षेत्रमा सदस्यता वितरणको अनुगमनका लागि प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : ०७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी