इङ्लिस प्रिमियरसिप : लयमा सिटी, विपक्षीको पोस्टमा ६ गोल « Khabarhub

इङ्लिस प्रिमियरसिप : लयमा सिटी, विपक्षीको पोस्टमा ६ गोल


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस सिजन खराब लयमा रहेको म्यानचेस्टर सिटीले वास्तविक फर्ममा फर्किएको आभास दिलाएको छ। आइतबार राति भएको इङ्लिस प्रिमियरसिपको खेलमा इप्सविचलाई ६-० ले हरायो।

सिटीका फिल फोडेनले सानदार प्रदर्शन गर्दै २ गोल गरे भने एक एसिस्ट गरे। २८ औँ मिनेटमा केभिन डे ब्रायनको पासमा उनले पहिलो गोल गरेका थिए। त्यसको तीन मिनेटपछि माटियो कोभासिकले अर्को गोल गरे। कोभासिकलाई पनि फोडेनले गोलको अवसर सृजना गरी दिएका थिए।

पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा डे ब्रायनको पासमा फोडेनले अर्को गोल गरे। दोस्रो हाफको सुरुवातमा नै जेरेमी डोकुले गोल गरे। यउसका लागि एर्लिङ हलान्डले अर्को गोल थपे। जेम्स म्याक एटीले अन्तिम गोल गरे।

सिटी ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा उक्लेको छ भने इप्सविच भने १६ अङ्कका साथ १८ औं स्थानमा छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ३७ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती