आमा समूहलाई सामुदायिक कृषि सहायक प्रशिक्षण « Khabarhub

आमा समूहलाई सामुदायिक कृषि सहायक प्रशिक्षण


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुरका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।

भोजपुर नगरपालिका– ५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि सहायक सम्बन्धी प्रशिक्षण दिन थालिएको हो । सुम्निमा बहुप्राविधिक शिक्षालयको आयोजनामा वडा कार्यालय र पञ्चकन्या स्वास्थ्य आमा समूह बोखिमको समन्वयमा आइतबारदेखि उद्यमशीलता विकास तथा जीविकोपार्जनका लागि प्रशिक्षण सुरु गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले जानकारी दिए ।

आधारभूत तहको एक सय ६० घण्टाको सामुदायिक कृषि सहायक सीपमूलक प्रशिक्षण सुरु गरिएको सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताए । उनले भने, ‘आमा समूहमा आबद्ध सदस्यहरूलाई लक्षित गरी प्रशिक्षण थालिएको हो, यसले समूह सदस्यहरूको क्षमता अभिवृद्धिमा मद्दत पुग्छ ।’

प्रशिक्षणमा २० जना आमाहरूको सहभागिता रहेको छ । २८ दिनसम्म प्रशिक्षण सञ्चालन हुने शिक्षालयका कृषि कार्यक्रम संयोजक तथा प्रशिक्षक प्रमोद राईले जानकारी दिए । पञ्चकन्या स्वास्थ्य आमा समूह अध्यक्ष भगवती श्रेष्ठले समूहमा आबद्ध सदस्यहरूका लागि प्रशिक्षण प्रभावकारी हुने र यसले आगामी दिनमा सक्रिय बन्न प्रेरणा दिने बताइन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १० : ०५ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल