यु–१९ महिला विश्वकप : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा « Khabarhub

यु–१९ महिला विश्वकप : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अहिले दोस्रो खेल खेल्दै छ । नेपालले स्कटल्यान्डविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । 

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान पूजा महतोले टस जितेर पहिला ब्याटिङ रोजेकी हुन् ।  नेपाल र स्कटल्यान्डले हालसम्म एक एक खेल खेलेका छन् । दुवै टोली आज पहिलो जितको खोजीमा छन् । 

यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग नौ विकेटले पराजित भएको थियो ।

स्कटल्यान्डविरुद्धको खेलमा नेपाली टोलीमा कप्तान पूजा महतोसहित साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशाकुमारी यादव, कृष्मा गुरुङ, किरनकुमारी कुँवर, ज्योत्सिन्का मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायतले खेलिरहेका छन् । 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १२ : ४० बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा