माघ ४ को साइतमा विवाह भएन ? अझै बाँकी छ अर्को लगन « Khabarhub

माघ ४ को साइतमा विवाह भएन ? अझै बाँकी छ अर्को लगन


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो माघको महिना हो । यो महिनामा पनि धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन ।

मङ्सिर र माघमा विशेष गरी विवाहका लगन हुने गर्छन् । यी दुई महिनालाई विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला । यसपालिको मङ्सिर त गइसक्यो अहिले माघको महिना चलिरहेको छ । 

यो वर्षको मंसिरले धेरैको मनमा निराशा छाइदिएको थियो । कारण मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो ।

यो वर्षैभरी जम्मा विवाहको लगन १७ दिन मात्रै परेका थिए । विवाहको महिना मानिने मंसिरमा भने एक दिन मात्रै साइत परेको थियो । सबै भन्दा धेरै त यसपाली फागुन महिनामा परेको छ ।

आज हामी चर्चा गर्छौँ माघमा भएका विवाहका साइतका बारेमा ।  माघमा दुई दिन मात्रै विवाहको लागि साइत परेको छ । माघ ४ र २५ गते विवाह गर्नको लागि साइत जुरेको छ । ४ गते त गइसक्यो अब बाँकी रह्यो २५ गते । अब ४ गते केही कारणवश: तपाइको विवाह रोकियो भने २५ गते गर्न सक्नु हुन्छ  ।

यस्तै, सबैभन्दा धेरै लगन फागुन महिनामा परेको छ । फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते गरी ८ दिन लगन जुरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १ : ३८ बजे

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६