माघ ४ को साइतमा विवाह भएन ? अझै बाँकी छ अर्को लगन « Khabarhub

माघ ४ को साइतमा विवाह भएन ? अझै बाँकी छ अर्को लगन


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो माघको महिना हो । यो महिनामा पनि धेरैको मनमा आउने एउटा कुरा हो– विवाहको लगन ।

मङ्सिर र माघमा विशेष गरी विवाहका लगन हुने गर्छन् । यी दुई महिनालाई विवाह गर्ने महिना नै भनेर भन्दा पनि फरक नपर्ला । यसपालिको मङ्सिर त गइसक्यो अहिले माघको महिना चलिरहेको छ । 

यो वर्षको मंसिरले धेरैको मनमा निराशा छाइदिएको थियो । कारण मंसिरमा एक मात्रै विवाहको लगन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको थियो ।

यो वर्षैभरी जम्मा विवाहको लगन १७ दिन मात्रै परेका थिए । विवाहको महिना मानिने मंसिरमा भने एक दिन मात्रै साइत परेको थियो । सबै भन्दा धेरै त यसपाली फागुन महिनामा परेको छ ।

आज हामी चर्चा गर्छौँ माघमा भएका विवाहका साइतका बारेमा ।  माघमा दुई दिन मात्रै विवाहको लागि साइत परेको छ । माघ ४ र २५ गते विवाह गर्नको लागि साइत जुरेको छ । ४ गते त गइसक्यो अब बाँकी रह्यो २५ गते । अब ४ गते केही कारणवश: तपाइको विवाह रोकियो भने २५ गते गर्न सक्नु हुन्छ  ।

यस्तै, सबैभन्दा धेरै लगन फागुन महिनामा परेको छ । फागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते गरी ८ दिन लगन जुरेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १ : ३८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक