सात वर्षपछि ‘कम ब्याक’ गर्दै छवि, भन्छन्- बोल्ने बेला भइसकेको छैन « Khabarhub

सात वर्षपछि ‘कम ब्याक’ गर्दै छवि, भन्छन्- बोल्ने बेला भइसकेको छैन


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता छवि ओझा नेपाली फिल्मको ‘बिग नेम’ हो । राजेश हमालको डेब्यू फिल्म ‘युगदेखि युगसम्म’को निर्माता पनि उनै हुन् ।

नायिका रेखा थापा, नायक आर्यन सिग्देल, विपना थापा, अरुणिमा लम्साल लगायत कलाकारलाई ब्रेक दिने निर्माता हुन्– छवि । उनकै फिल्मबाट ब्रेक पाएका धेरै सिनेमा क्षेत्रमा स्थापित छन् ।

विगतका वर्षमा छवि फिल्म निर्माणबाट विश्राममा छन् । नायिका शिल्पा पोखरेलसँग वैवाहिक बिग्रिएका कारण फिल्म बनाउन नपाएको बताउँदै आएका छन् ।

उनले पछिल्लो समय बनाएको फिल्म ‘मङ्गलम्’ हो । जसमा नायिका शिल्पा पोखरेल, नायक पुष्प खड्का, नायिका सम्राज्ञी आरएल शाह र नायक पृथ्वीराज प्रसाईं मुख्य भूमिकामा थिए ।

यो फिल्म वि.सं. २०७४ फागुमा प्रदर्शनमा आएको थियो । यही फिल्मको सिक्वेलबाट छविले फिल्म निर्माणमा ‘कमब्याक’ गर्ने पक्का भएको छ ।

छविले यस फिल्मको निर्देशकमा नवल नेपाललाई नै निरन्तरता दिएका छन् । आफूहरूबीच कागजी सम्झौता भइसकेको छवि बताउँछन् ।

सम्झौतापछि तस्बिर खिचाउँदै छवि र नवल ।

‘धेरै कुरा तय हुन बाँकी छ’

‘मङ्गलम्-२’ लाई छविको ‘छविराज प्रोडक्सन’ र ‘गुण सिनेमा प्रालि’को संयुक्त ब्यानरमा बनाउनले सहमति भएको बुझिएको छ । अर्थात् यो छविको एकल निर्माण होइन । यस फिल्मको निर्माता धिरज शाक्यसमेत रहने बताइएको छ ।

फिल्म बनाउने निर्णयमा पुगेर निर्देशकसँग सम्झौता भए पनि कथा, कलाकार र आवश्यक अरु कुराको तयारी गर्नै बाँकी रहेको उनी बताउँछन् ।

थप्छन्, ‘मैले निर्देशकसँग मात्रै सम्झौता गरेको हो । कथा फाइनल भएको छैन । उहाँले कुन कथा लिएर फिल्म बनाउनुहुन्छ पनि थाहा छैन । त‍य हुन बाँकी धेरै छ ।’

यस विषयमा अहिल्यै सार्वजनिक रुपमा बोल्न मन नभएको जिकिर उनले गरेका छन् । सम्झौताको कुरा निर्देशकबाटै सार्वजनिक भएको उनी दाबी गर्छन् ।

भन्छन्, ‘मैले फिल्म बनाउने हो सबै कुरा तय भएपछि खुलेर बोलिहाल्छु । अहिल्यै बोल्ने बेला भएको छैन ।’

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ४६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको