यु–१९ महिला विश्वकप : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य « Khabarhub

यु–१९ महिला विश्वकप : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ । 

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ७३ रन बनायो । 

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसै गरी  सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् । स्कटल्यान्डले अहिले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : १७ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन