माघ १८ गते संसद् अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्री र सभामुखबीच छलफल « Khabarhub

माघ १८ गते संसद् अधिवेशन बोलाउने तयारी, प्रधानमन्त्री र सभामुखबीच छलफल

मन्त्रिपरिषद् बैठकले सिफारिस गर्न सक्ने


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

सोमबार दिउँसो १२ बजे सिंहदरबारमा भएको छलफलमा यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने गरी छलफल भएको संसद् सचिवालयका एक अधिकारीले खबरहबलाई बताए ।

‘प्रधानमन्त्रीसँग सभामुखले १८ गते बोलाउने सल्लाह गर्नुभएको छ । मन्त्रिपरिषद्ले सिफारिस गर्न सक्छ’, ती अधिकारीले भने,‘सायद सेड्युल तलमाथि नहुन सक्छ । अस्ति १४ गते नै बोलाउने भन्ने थियो तर केही दिन ढिला भयो ।’

प्रधानमन्त्री र सभामुखको भेटपछि सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउने निर्णय गर्ने छ ।

अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सरकारले सिफारिस गर्ने समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हिउँदे अधिवेशन सुरु नहुँदा धेरै विधेयक र प्री-बजेटमाथि छलफल गर्न नपाइएको भन्दै विपक्षी दलहरूले केही दिनअघि ध्यानाकर्षण गराएका थिए ।

नेकपा मा‌ओवादी केन्द्रसहितका विपक्षी सात दलले शुक्रबार पत्रकार सम्मेलन गरेर हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने बताएका थिए ।

सरकारले गत वर्षभन्दा डेढ महिना ढिलो संसद्को हिउँदे अधिवेशन बोलाउन लागेको हो । यसअघि संसद् अधिवेशन नबोलाई सरकारले ५ वटा अध्यादेश जारी गरिसकेको छ । त्यसको पनि विपक्षी दलहरूले विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : १० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै