हमासको कब्जामा रहेका विपिनबारे बैंककबाट इजिप्टका समकक्षीसँग परराष्ट्रमन्त्रीको संवाद « Khabarhub

हमासको कब्जामा रहेका विपिनबारे बैंककबाट इजिप्टका समकक्षीसँग परराष्ट्रमन्त्रीको संवाद


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपालले पहल जारी राखेको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको रिहाइका लागि पहल गरिदिन विभिन्न देशका समकक्षीहरूसँग संवाद गरिरहेकी छन् ।

देउवाले सोमबार इजिप्टका विदेशमन्त्री डा बदर अब्देल–अतिसँग सोमबार संवाद गरेकी हुन् ।

इजरायल सरकार र हमासबीच युद्धविरामपछि नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रिया थालेको छ।

हमासले आइतबार मात्रै पहिलो चरणमा तीनजना बन्दी युवतीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाएको छ । ती बन्दी युवतीहरू अहिले इजरायलस्थित आ-आफ्नो घरमा पुगिसकेका छन्।

यही क्रममा परराष्ट्रमन्त्री डा. राणाले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा. अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आग्रह गरेकी हुन् ।

आफ्नो स्वास्थ्योपचारका लागि बैंककमा रहेकी मन्त्री डा. राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेकी हुन् । कञ्चनपुरका विपिन सन् २०२३ अक्टोबर ७ देखि हमासको कब्जामा छन् ।

फोनवार्ताका क्रममा मन्त्री डा. राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिएकी छन्।

त्यसैगरी इजिप्टका विदेशमन्त्री डा. अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।

इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा. राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।

केही दिनअघि मात्रै मन्त्री डा. राणाले कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरेकी थिइन् । खुलाइफी शान्तिवार्ताका प्रमुख वार्ताकार एवम् मध्यस्थकर्ता हुन् ।

त्यसैगरी मन्त्री डा. राणाले इजरायलका विदेशमन्त्री गिडियन सारसँग पनि केही दिनअघि फोनवार्ता गरी हमासहरूले अपहरण मुक्त गर्न लागिएकाहरू पहिलो चरणमै विपिन जोशीको रिहाइका लागि पहल गरिदिन विशेष आग्रह गरेका थिए ।

विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय मञ्चहरु र बैठकहरूमार्फत् विपिनको रिहाइका लागि आग्रह गरेकी थिइन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको