कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनुपर्छ : प्रचण्ड  « Khabarhub

कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगाउनुपर्छ : प्रचण्ड 


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकासको प्रमुख आधार शिक्षाका लागि कुल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने बताएका छन् । 

गोरखा नगरपालिका–८ आहाले स्थित सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनले शिक्षाका लागि कुल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने बताएका हुन् ।  

आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रस्ट पारेको बताए । 

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा विधेयक ल्याएको जिकिर गर्दै विधेयक चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे । 

आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरेको प्रचण्डले स्मरण गरे । 

उनले दोस्रो पटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताए । अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगले अघि बढाउँदा बिचौलिया र भ्रष्टहरूले सरकारबाट हटाएको गुनासो गरे ।

‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारबाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो, प्रचण्डले भने, ‘माथिल्लो तहका नेता, कर्मचारी र बिचौलिया माथिको कारबाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो ।’

राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको भन्दै प्रचण्डले गोरखाको समग्र विकासका लागि सक्दो योगदान गर्ने बताए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ४२ बजे

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३