यु–१९ महिला विश्वकप : नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित « Khabarhub

यु–१९ महिला विश्वकप : नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । 

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । 

स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । 

बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक-एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन । त्यसैगरी,  सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई÷दुई विकेट लिए । त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् । 

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ५९ बजे

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं– सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले सुरु

पाकिस्तानका प्रधानमन्त्री र सेना प्रमुख दुवैजना पुगे चीन

इस्लामावाद– पाकिस्तानका सेनाप्रमुख जनरल असीम मुनीर र प्रधानमन्त्री शहबाज शरीफ

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ– सुनवर्षी नगरपालिका-९ डाईनिया चोकस्थित सडकमा प्र.१-०२-०५७ प८४८७ नम्बरको मोटरसाइकलको

स्ट्रेट अफ होर्मुज खोल्नेबारे ओमान-ईयू वार्ता, इरानी सांसद भन्छन् : कसैको दबाबसामु हामी झुक्दैनौँ

तेहरान- ओमानका विदेशमन्त्री बद्र बिन हमद अल बुस्यादीले युरोपेली संघ

अवैध लागूऔषध अफिम र गाँजा बरामद

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ मनहरी पुल नजिकबाट अवैध लागूऔषध अफिम