काठमाडौंमा दक्षिण एसियाका उत्कृष्ट महिला कलाकारको सिर्जना प्रदर्शनी हुने | Khabarhub Khabarhub

काठमाडौंमा दक्षिण एसियाका उत्कृष्ट महिला कलाकारको सिर्जना प्रदर्शनी हुने


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तारागाउँ सांस्कृतिक केन्द्रले साराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा बृहद् कला प्रदर्शनी गर्ने भएको छ ।

जनवरी २५ देखि सुरू हुने प्रदर्शनीमा दक्षिण एसियाका १० जना उत्कृष्ट महिला कलाकारहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन् ।

डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने ‘फेमिनिस्ट फ्युचर: आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड’ नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैंगिक राजनीति जस्ता विषय समेत सम्बोधन गर्ने जनाइएको छ ।

प्रदर्शनी उद्‍घाटनअघि जनवरी २३ मा ‘डिकोलोनाइजिङ द फेमिन : आर्ट, एजेन्सी एण्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा छलफल हुने छ ।

प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलंका, पाकिस्तान र बंगलादेशका १-१ जना महिला कलाकारका सिर्जना समावेश गरिनेछ । आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन सहभागी हुनेछन् ।

त्यस्तै, नेपालका अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा राखिनेछन् ।

सबै कलाकारहरूले पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र समाजिक संरचनाहरूको प्रभाव उजागर गर्नेछन् ।

प्रदर्शनीले लिंग र शक्ति जस्ता महत्त्वपूर्ण प्रश्नहरूसँग संवाद गर्नका लागि एक महत्त्वपूर्ण मञ्च प्रदान गर्ने ड. लोखन्डवालाको भनाइ छ ।

‘प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारहरूको लचिलोपन र शक्तिलाई उजागर गर्छ जसले गहिरो रूपमा बसेका पितृसत्तात्मक संरचनाहरूको विरोध गर्दै आफ्नो कलामार्फत सोचमा परिवर्तन ल्याउन बाध्य बनाएका छन्,’ उनले भनिन् ।

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयासस्वरूप प्रदर्शनी गर्न लागिएएको सराफ फाउन्डेशन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ ।

‘प्रदर्शनीमार्फत् भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशका महिलाहरूको संघर्षसँगै नेपाली महिलाहरूका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौं,’ उनले भनिन् ।

प्रदर्शनीले महिलाको सम्मानसँगै दमनका गर्ने दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाहरूको विश्लेषण गर्ने जनाइएको छ ।

यसले दक्षिण एसियाली महिला जीवनको बहुआयामिक दृश्य प्रस्तुत गर्नेछ । जहाँ ऐतिहासिक रूपमा महिलालाई सम्मान गरिएको छ भने समकालीन अवस्थामा लिंगीय असमानता, हिंसा र सांस्कृतिक परम्पराको कठोर वास्तविकता पनि देखिन्छ।

शिल्पकला, फोटोग्राफी, इन्स्टलेसन, भिडियो र प्रदर्शनजस्ता विभिन्न कला माध्यममार्फत, प्रदर्शनीका कलाकारहरूले महिलाको जीवनकहानीलाई पुनःपरिभाषित र पुनःआकार दिनेछन्।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सिर्जनासमेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा- द प्यासन (२०१२)’ ले रामायणका महिला पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्ने विश्वास छ ।

अश्मिना रञ्जितको ‘सीता ! द आइडिएल वाइफ (२०२५)’ ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने ‘कन्यादान’ प्रथाको आलोचना गर्छ ।

त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दैछन् । उमा बिष्टले छाउपडी प्रथा र कुमारी परम्पराको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ ।

विधाता केसीले महिलाहरूलाई आफ्ना आकांक्षाहरू व्यक्त गर्न र समाजका अपेक्षालाई चुनौती दिनेछिन् । अनिता दुबे, नाइजा खान र अनोली पेरेराले आफ्नो कलामार्फत् महिला सशक्तिकरण र स्वतन्त्रताका विषय उठन गर्नेछन् ।

प्रदर्शनीको औपचारिक उद्‍घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ । जनवरी २५ तारिख दिउँसो ३ बजे कलाकारहरूले दर्शकलाई आफ्ना कार्य र सिर्जनात्मकताको अनुभव सुनाउने छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ३८ बजे

एमाले अध्यक्ष ओली १० दिनपछि सैनिक ब्यारेकबाट भक्तपुरको गुन्डु झरे

काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

समयको माग र चुनौतीअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ : नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग र चुनौतीअनुसार

युनिटी कप ट्वान्टी–२० खेल्न युएई जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं– वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न

‘वर्तमान सरकारको मुख्य कार्यभार तोकिएको मितिमा निष्पक्ष निर्वाचन’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नागरिक समाजका अगुवाहरूले वर्तमान सरकारको

ट्रम्पद्वारा २३ देशलाई अवैध लागुऔषध ट्रान्जिट वा उत्पादक देश घोषणा, चीन र पाकिस्तान पनि समावेश

वाशिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदनमा पेस गरेको ‘प्रेसिडेन्सियल