रवि र छविसहितलाई थुनामै राख्न मागसहित उच्च अदालत पुग्यो सरकार « Khabarhub

रवि र छविसहितलाई थुनामै राख्न मागसहित उच्च अदालत पुग्यो सरकार


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको अर्बौं रुपैयाँ बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातजनालाई थुनामै राखेर अनुसन्धान हुनुपर्ने मागसहित सोमबार उच्च अदालत पोखरामा निवेदन परेको छ।

लामिछाने र उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीसहितलाई धरौटीमा छाड्ने जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको आदेश वेरीतको भएको जिकिरसहित उच्च सरकारी वकिलको कार्यालयले निवेदन दर्ता गरेको हो।

निवेदनमा उनीहरू सबैजनालाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने मागसहित रिट दर्ता भएको उच्च अदालत पोखराले जानकारी दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसैगरी छविलाई ८८ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

उता गोर्खा मिडिया र सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) का सहयोगी लीला पछाईंलाई ३७ लाख, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५/५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

एमालेकी पूर्वप्रदेश सांसदसमेत रहेकी मीनका पिता एवम् पूर्वब्रिटिश सैनिक कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश गरेको थियो। कृष्णबहादुर सूर्यदर्शन सहकारीका संस्थापक सदस्य थिए ।

उता जिल्ला अदालत काठमाडौंमा पनि थुनछेकको बहसपछि रास्वपा सभापति लामिछाने यही माघ २ गते ६० लाख धरौटी बुझाएर रिहा भइसकेका छन् ।

उनका साझेदार छविसँग पनि काठमाडौं अदालतले सोमबार ५० लाख धरौटी मागेको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दुवैविरुद्ध मुद्दा चलेको थियो ।

अब यी दुईविरुद्ध बु्टवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा पनि मुद्दा अदालतमा पुगेको छ। कास्की र काठमाडौंबाट धरौटीमा छुटेका उनीहरू अब सुप्रिम प्रकरणको मुद्दामा रुपन्देही जाने तयारीमा छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ७ : ३९ बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल