हुलाकी राजमार्ग छिट्टै सम्पन्न हुन्छ : मन्त्री दाहाल « Khabarhub

हुलाकी राजमार्ग छिट्टै सम्पन्न हुन्छ : मन्त्री दाहाल


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी राजमार्गको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न सरकार लागि परेको बताएका छन् ।

नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा रहेको जीर्ण पुलको आज स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले ढिलासुस्ती नहुने गरी काम अघि बढाउन सरकार गम्भीर रहेको बताए। पेडारी नालाको पुलका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले केही दिनमा टेण्डर आह्वान भई काम सुरु हुने उनले जानकारी दिए ।

मन्त्री दाहालले भने, ‘‘हुलाकी सडकअन्तर्गत खजुराको पेडारी नालासहित अन्य आवश्यक स्थानमा पुल निर्माणका लागि केही दिनमा टेण्डर आह्वान हुन्छ ।’’

सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नेकपा ९एमाले० का प्रदेश कमिटी सदस्य किस्मतकुमार कक्षपतिलगायतले ५२ वर्ष पुरानो पुल जुनसुकै बेला भत्किने जोखिम भएकाले नयाँ पुल छिटो बनाउन आग्रह गरे ।

सडक डिभिजन कार्यालयअन्तर्गत खजुरामा एक हजार आठ मिटर लम्बाइको चारलेन सडकको काम सात वर्षसम्म पूर्ण हुन नसकेको भन्दै कानुनी अड्चन फुकाएर छिटो काम हुने वातावरण बनाइ दिन खजुरावासीका तर्फबाट मन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष विकले बताए ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार पेडारी नालामा करिब रु १४ करोडको लागतमा २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको पुल निर्माण गरिने छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : १७ बजे

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल