जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप « Khabarhub

जेलेन्स्की तानाशाह भएको ट्रम्पको आरोप

रुसी झुटको संसारमा अमेरिकी राष्ट्रपति रमाएको युक्रेनको भनाइ


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्।

युक्रेनको अनुपस्थितिमा रुसी प्रतिनिधि मण्डल र अमेरिकी प्रतिनिधि मण्डलको युद्ध विरामका लागि साउदी अरेबियामा वार्ता भएपछि ट्रम्प र जेलेन्स्की आरोप प्रत्यारोपमा उत्रिएका हुन्।

रुसले सञ्चालन गरेको झुटको संसारमा अमेरिकी राष्ट्रपति रमाएको आशय जेलेन्स्कीको थियो। यसको एक घण्टाकै अवधिमा अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा जेलेन्स्कीलाई तानासाहको संज्ञा दिएका हुन्।

गत साता रुसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० मिनेट लामो फोन वार्ता गरेपछि साउदी अरेबियामा दुई देशका नेतृत्वको बिचमा वार्ता भएको हो। यी दुई देश बिचमा वार्ता भएपछि जेलेन्स्कीले यसमा असहमति जनाएका छन्।

पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनको नेतृत्वमा अमेरिका युक्रेनको सबै भन्दा ठुलो सहयोगी थियो। ट्रम्प प्रशासनले बिना शर्त युक्रेनलाई सहयोग पठाउने कुनै सम्भावना नरहेको जनाइसकेको छ।

ट्रम्पले त्यसपछि जेलेन्स्की बिना निर्वाचन सैन्य शासनको साथमा सत्तामा रहेको बताउँदै उनको वैधानिकता माथि नै प्रश्न उठाएका थिए। जेलेन्स्की सन् २०१९ भएको निर्वाचनको दोस्रो चरणमा ७३ प्रतिशत मत पाउँदै विजयी भएका थिए।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ०२ बजे

अस्पतालको बेडबाटै जेन-जी आन्दोलनका घाइते प्रकाश भन्छन्- ‘हाम्रो बलिदानी खेर नजाओस्’

काठमाडौं- गत भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरमा

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं–३० का विभिन्न स्थानमा ‘सिसिटिभी क्यामेरा’ जडान

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका