सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना « Khabarhub

सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानवअधिकारको अवस्था’ विषयक पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

सन् २०२४ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले जानकारी दिए ।

उनका अनुसार सन् २०२४ मा प्रदेशमा मानवअधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ९४ महिला र ३४ जना पुरुष गरी एक हजार ८८ जना पीडित भएका छन् ।

राज्यपक्षबाट कुटपिटका घटनामा दुई, गिरफ्तारीका घटनामा छ, जेलमा मृत्यु भएका घटनामा एक, हिरासतमा मृत्यु एक र अमानवीय व्यवहार घटनामा एक गरी ११ जना पीडित भएको त्यस अवसरमा जानकारी दिइयो ।

यस्तै, गैह्र राज्यपक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ, घाइते ११, बालअधिकारका घटनामा १०५, जातीय विभेदका तीन, महिला अधिकारका घटनामा ९४७, अमानवीय व्यवहारका  दुई, कुटपिटका आठ र धम्कीका घटनामा तीनजना पीडित भएका प्रदेश संयोजक जोशीले जानकारी दिए ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडितको सङ्ख्यामा कमी आएको उनको भनाइ छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडित हुनेको सङ्ख्यामा १०२ जनाले कमी आएको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १० : ०५ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको