५० लाख भन्दा बढीको लागतमा ‘स्वयम्भू महोत्सव’ « Khabarhub

५० लाख भन्दा बढीको लागतमा ‘स्वयम्भू महोत्सव’


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ५० लाख भन्दा बढीको लागतमा काठमाडौं महानगरपालिका वडा नम्बार- १५ ले स्वयम्भू महोत्सव गर्ने भएको छ । 

काठमाडौं–१५ का वडाध्यक्ष इश्वमान डङ्गोलले बिहीबार पत्रकार सम्मेलन गरेर ५० लाख रुपैयाँ भन्दा बढीको लागतमा फागुन १० गतेदेखि १७ गतेसम्म स्वयम्भू महोत्सव हुने भएको जानकारी दिए । 

अध्यक्ष डंगोलको अनुसार सुरुमा २० लाख रुपैयाँको मात्र लागत अनुमान गरिएको भए पनि पछि खर्च बढ्दै जाँदा ५० लाख रुपैयाँ भन्दा बढी पुग्ने अनुमान गरिएको बताए । 

‘हामीले यो महोत्सवको लागि २० लाख रुपैयाँ विनियोजन गरेका छौँ’, वडाध्यक्ष डङ्गोलले भने, ‘तर, खर्च गर्दै जाँदा ५० लाख रुपैयाँ भन्दा बढी पुग्ने देखिएको छ ।’

महोत्सवमा एक करोड भन्दा बढीको कारोबार हुने अध्यक्ष डङ्गोलले दाबी गरे । महोत्सवमा ६० वटा स्टल रहने वडाले जनाएको छ जसमा एक स्टलको लागि एक हजार रुपैयाँ देखि १५ सय रुपैयाँसम्म वडाले लिएको छ । 

स्वयम्भूको भुइँखेल चौरमा हुने महोत्सवको उद्घाटन काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गर्ने अध्यक्ष डङ्गोलले बताए । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद् व्यवस्थापन, खोज उद्धार तथा पुनर्स्थापना प्रदर्शनी हुने अध्यक्षले बताए ।

‘महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ’, अध्यक्ष डङ्गोलले भने, ‘परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वृद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् ।’

महोत्सवमा वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रूपमा हुने र मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा, रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुने अध्यक्ष बताउँछन् । 

‘पुर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरू समावेश गरिएको वडाले जनाएको छ ।

‘महोत्सवलाई मेरो हो भन्ने महसुस गराउन तयारीमा विशेष ध्यान दिइएको छ’, अध्यक्षले भने, ‘सबैको सहभागिता सुनिश्चित गर्न प्रयास गरिएको छ ।’

पर्कङको लागी महोत्सव हुने स्थानको ४ रोडमा एकतर्फी गरिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ०६ बजे

बढ्दो तनावबीच अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द

एजेन्सी– बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी

मध्यपूर्वमा तनाव : अहिलेसम्म एक जनाको मृत्यु, ट्रान्जिटमा रोकिएकासहित सबै सुरक्षित, कोही घाइते छैनन्

काठमाडौं- इजरायल र अमेरिकाले इरानमा आक्रमण थालेपछि मध्यपूर्व क्षेत्रमा रहेका

नियन्त्रणमा आयो दाउरा थकालीको आगलागी, क्षतिको मूल्यांकन हुँदै (तस्बिरहरू)

काठमाडौं– ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौं– निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं