बेलुनमा हाइड्रोजन भरेको आरोपमा पक्राउ भारतीय नागरिक साधारण तारेखमा छुटे « Khabarhub

बेलुनमा हाइड्रोजन भरेको आरोपमा पक्राउ भारतीय नागरिक साधारण तारेखमा छुटे


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट घटनामा पक्राउ परेका एकजना भारतीय नागरिक साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी शिव लम्सालले कमलेशलाई नियमित हाजिर हुने गरी साधारण तारखेमा छाड्ने आदेश भएको जानकारी दिएका छन् ।

वडा प्रहरी कार्यालय, बैदामले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाइएका ४१ वर्षीय कमलेश कुमारलाई बिहीबार साधारण तारेखमा रिहा गर्न आदेश भएको हो ।

गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्को लागेर विस्फोट भएको थियो । प्रहरीका अनुसार फागुन ३ मै कमलेशलाई नियन्त्रणमा लिएर मुद्दा अघि बढाइएको थियो ।

बेलुन विस्फोटको घटनामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्य दुवैजना उपचारपछि कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

पक्राउ परेका कमलेशसँग हाइड्रोजन उत्पादन, भण्डारण र बलुन भर्ने प्रक्रियाबारे जानकारी मागिएको थियो । उता गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति पनि बनाएका थिए ।

समितिलाई घटनाको विस्तृत अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ। गृमन्त्रीले आगामी दिनमा हाइड्रोजन ग्यासको नियमनका लागि आवश्यक उपायहरूसमेत सिफारिस गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : ११ बजे

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी, इरानी सरकारी सञ्चारमाध्यम ध्वस्त

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु