काठमाडौं – महेश त्रिपाठी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘११ः५५’ चैत ८ बाट प्रदर्शनमा आउँदैछ । क्राइम थ्रिलर जनरामा बनेको यो फिल्ममा महेशसहित सृष्टि श्रेष्ठ, करिश्मा श्रेष्ठ र नवनायक सागर खनाल छन् ।
‘११ः५५’ भन्दा पनि महेश आफ्ना अघिल्ला दुई फिल्म ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’का कारण चर्चामा छन् । यी दुवै फिल्म एक मिति अर्थात् फागुन १४ बाट प्रदर्शनमा आएका थिए । ‘लाज शरणम्’ मा महेशले कर्णालीको युवक ‘सुन्देश’को पात्र निर्वाह गरेका थिए ।
यस फिल्ममा सहायक भूमिकामा रहेका महेशले केन्द्रीय कलाकार छायामा पार्ने गरी अभिनय क्षमता देखाएको चर्चा छ ।
‘फेरि रेशम फिलिली’मा महेशले तेस्रो लिङ्गी ‘पुष्पा’को भूमिका निर्वाह गरेका छन्। यो फिल्म व्यवसायिकरुपमा असफल भए पनि महेशलाई व्यक्तिगत रुपमा फाइदा नै पुगेको छ । कारण- पुष्पा चरित्रले उनले अभिनयमा विविधता देखिएको छ ।

पुष्पा र सुन्देश बन्दा
महेश केन्द्रीय भूमिकामा रहेको पहिलो फिल्म ‘हलकारा’ हो । ‘फेरि रेशम फिलिली’मा ‘पुष्पा’का लागि प्रस्ताव आउनुको जस उनी ‘हलकारा’लाई दिन्छन् ।
भन्छन्, ‘निर्देशक निरोज महर्जनले मेरो हलकारा फिल्म हेर्नुभएको रहेछ । सोहीकारण उहाँलाई यस फिल्मको चुनौतीपूर्ण पात्र पुष्पा मैले निर्वाह गर्न सक्छु भन्ने लागेर प्रस्ताव गर्नुभएको रहेछ ।’
तेस्रो लिङ्गी चरित्रलाई उनले चुनौतीपूर्ण मान्नुका प्रमुख केही कारण हो- तेस्रो लिङ्गीलाई सतहीरुपमा देखाइन्छ । साथै भद्दा शारीरिक हाउभाउले उक्त समुदायका व्यक्तिलाई लज्जित छन् ।
महेश भन्छन्, ‘फिल्ममा तेस्रो लिङ्गीलाई जसरी देखाइने अभ्यास छ, त्यसमा उनीहरु असन्तुष्ट छैनन् भन्ने मैले फिल्म कलेज पढ्दा गरेको रिसर्चबाट थाहा पाएको थिएँ ।’
‘फेरि रेशम फिलिली’ कमेडी जनराको फिल्म हो । सुरुमा प्रस्ताव आउँदा उनलाई यस फिल्ममा तेस्रो लिङ्गी चरित्रलाई सतहीरुपमा देखाइन्छ कि भन्ने आशंका थियो ।
तर, निर्देशकले महर्जन पनि तेस्रो लिङ्गी चरित्रलाई गहनरुपले प्रस्तुत गर्न सजग थिए । महेशसँग उनको तेस्रो लिङ्गीप्रतिको बुझाइ मेल खायो । अनि महेश ‘पुष्पा’ बन्न तयार भए ।

महेश भन्छन्, ‘पुष्पाको चरित्र निर्वाह गर्दा मैले शारीरिक हाउभाउभन्दा उनीहरु मानसिकता कस्तो हुन्छ भन्ने देखाउन खोजेको हो ।’
महेश यस विषयमा सफल भएका छन् । ‘पुष्पा’ चरित्रलाई लिएर उनको अभिनय क्षमताको प्रशंसा भएको छ ।
महेश थप्छन्, ‘त्यही समुदायकाले मान्छेले हाम्रो लिङ्गको चरित्रलाई तपाईंले न्यायपूर्ण ढङ्गले पर्दामा उतार्नुभयो भनेर मेसेज गर्नुभएको छ । यो पात्र निर्वाह गर्दा मैले चाहेको पनि यही नै थियो ।’
अर्को फिल्म ‘लाज शरणम्’मा महेश कर्णालीको युवाको चरित्रमा छन् । सो फिल्ममा उनको एउटा चरित्र छ तर नाम दुई छन् । कर्णालीमा सुन्देश काठमाडौं आएपछि सन्देश बन्छन् ।
उनी यस फिल्ममा सहायक भूमिकामा छन् । उनले सुन्देश बनेर दर्शकको मन मात्रै जितेनन् समीक्षकले पनि उनको अभिनयको तारिफ गरे ।
अहिले उनलाई चर्चामा ल्याउने र धेरै दर्शक समक्ष पुर्याउने फिल्म पनि यही हो । यो फिल्ममा पनि चुनौतीपूर्ण काम गर्ने इच्छाले नै जोडिएको महेश बताउँछन् । यस फिल्म सुन्देशको चरित्र निर्वाह गर्न उनलाई तौल घटाउनु पर्ने र कर्णालीको लवजमा बोल्न चुनौती थियो ।
अहिले उनलाई चर्चामा ल्याउने र धेरै दर्शक समक्ष पुर्याउने फिल्म पनि यही हो । यो फिल्ममा पनि चुनौतीपूर्ण काम गर्ने इच्छाले नै जोडिएको महेश बताउँछन् । फिल्मका लागि उनले करिब २० किलोग्राम तौल घटाएका थिए ।
यही फिल्मका लागि उनले करिब २० किलोग्राम तौल घटाएका थिए । भन्छन्, ‘प्रशस्त खान नपाउने चरित्र थियो । दुब्लो देखिन मैले तौल घटाउनु पर्यो ।’ कर्णाली लवज सिक्न उनले फिल्मको छायाङ्कन जिल्ला डोल्पामा तीन महिना बिताए ।
महेश थप्छन्, ‘लवज सिक्न म डोल्पा पुगेर मान्छेसँग घुलमिल भएँ । उनीहरूसँगै खाने, हिँड्ने, मेलापात गर्ने काम गरेँ ।’
यो मिहिनेत सुन्देशको पात्रलाई आफूलाई न्याय गरेको उनलाई महसुस भएको छ।
थप्छन्, ‘मलाई मेसेज गरेर धेरैले तपाईं कर्णालीकै हो सोध्नुहुन्छ ।’
यही फिल्मले आफू धेरै दर्शकसँग पुगेको आफूलाई आएको मेसेजकै कारण महसुस भएको हो। आफूले रिप्लाई गर्न नसक्ने गरी सामाजिक सञ्जालमा मेसेज आएको उनी सुनाउँछन् ।
भन्छन्, ‘सबै मेसेजको रिप्लाई दिन्छु भनेर सोचेको थिएँ । कोशिष पनि गरे तर सकिनँ । लाज शरणम् फिल्मलाई लिएर मलाई त्यति धैरै मेसेज आएको छ ।’
‘प्रस्तावको दायरा पनि ठूलो भयो’ ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ एक साथ प्रदर्शनमा आए पनि महेश आफूलाई व्यस्त कलाकार मान्दैनन् ।
दुई फिल्मले हलमा प्रतिस्पर्धा हुनु उनको व्यस्तता भन्दा पनि संयोग थियो । तर, यी दुई फिल्म प्रदर्शनमा आएको तेस्रो दिनबाट आएका प्रस्तावले उनी खुसी छन् ।
दुई फिल्मले हलमा प्रतिस्पर्धा हुनु उनको व्यस्तता भन्दा पनि संयोग थियो । तर, यी दुई फिल्म प्रदर्शनमा आएको तेस्रो दिनबाट आएका प्रस्तावले उनी खुसी छन् ।
भन्छन्, ‘यो फिल्मले मेरो दर्शकको दायरा मात्रै होइन, फिल्म प्रस्तावको दायरा पनि ठूलो बनाएको छ ।’
गत आइतबारसम्म प्रस्ताव आएका फिल्मको २६ पुगेको महेश सुनाउँछन् । अर्थात् करिब दुई सातामा उनलाई २६ फिल्मको प्रस्ताव आएको हो ।
प्रस्ताव गर्ने मेकरको दृष्टिकोणमा समेत परिवर्तन पाएकाले आफूले ‘लाज शरणम्’मा राम्रै काम गरेको उनलाई महसुस भएको छ ।
उनी स्पष्ट पार्छन्, ‘पहिला महेशले राम्रो काम गर्छ भन्ने विश्वासले मेकरहरुले प्रस्ताव गर्नुहुन्थ्यो । अहिले महेशको काम दर्शकले पनि मन पराउनुहुन्छ भन्ने दृष्टिकोणले प्रस्ताव गर्नुहुन्छ ।’
प्रस्ताव आएको केही फिल्म चयन गरेर काम गर्ने उनी बताउँछन् ।
भन्छन्, ‘अहिले ११ः५५ फिल्मको प्रचारमा व्यस्त छु । समय निकालेर स्क्रिप्ट पढेर केही फिल्ममा काम गर्ने योजनामा छु ।’
महेशको डेब्यू फिल्म प्रदर्शनमा आएको दशक बढी भयो । महेशकै भनाइअनुसार अब उनलाई आफ्नो अभिनय क्षमता देखाउन अवसरका दायरा फराकिलो भएको छ ।
अबका दिनमा उनले आफूलाई कस्तो नायकका रुपमा फिल्मी क्षेत्रमा स्थापित गर्न सक्लान् ? यो थाहा पाउन भने अझै केही समय कुर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया