पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय « Khabarhub

पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ ।

आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताए ।

अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्री तथा वेशभूषा झल्किने सामग्री राखिएका छन् ।

यी समुदायले विगतमा प्रयोग गरेको कतिपय सामग्री लोप भइसकेका छन् । त्यस्ता सामग्रीसमेत सङ्ग्रहालयमा राखिएका छन् । आदिवासी थारू जातिका कलासंस्कृति झल्कने वेशभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरण पनि यहाँ सङ्ग्रह गरिएका छन् । यस्तै, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसहितका सामाग्री सङ्ग्रहालयमा रहेको अध्यक्ष महतोले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आउने पर्यटक पनि सङ्ग्रहालय अवलोकनका लागि आउने गरेका छन् ।

थारू, माझी, मुसहर, बोटे समुदायको संस्कृति तथा परम्परा बुझ्न सङ्ग्रहालयले सहयोग पुग्ने हुँदा यसमा रुचि हुनेहरू अवलोकनका लागि आउने गरेको समितिका अध्यक्ष महतोले बताए ।

२०६६ सालमा चन्दा सङ्कलन गरी स्थापना गरिएको सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ घरबास स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा अवलोकनमा सहयोग पुगेको छ ।

सुरुमा निःशुल्क प्रवेशको व्यवस्था रहेकोमा पछिल्लो ६ महिनादेखि स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति २५ र विदेशीका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिने गरिएको छ । सङ्ग्रहालयको व्यवस्थापनका लागि  शुल्क लिने गरिएको समितिले जनाएको छ ।

शुल्क लिन थालेपछि अवलोकनका लागि आउने पर्यटकको अभिलेख राख्न सहज भएको समितिका अध्यक्ष महतोले बताए । शुल्क लिन थालेको ६ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी करिब चार हजार जनाले सङ्ग्रहालय अवलोकन गरेको अभिलेख छ ।

गाउँमा प्रयोगमा नआएका सामग्रीलाई त्यसै फाल्नुभन्दा सङ्ग्रहालयमा उपलब्ध गराउन गाउँका बासिन्दालाई आग्रह गरेर सामग्री सङ्कलन गरिएको हो । केही सामान भने खरिद गरिएको र केही आफैँ निर्माण गरेर राखिएको महतोले जानकारी दिए ।

सङ्ग्रहालयले पर्यटकीय गतिविधिमा टेवा पुगेको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । अमलटारी क्षेत्रमा आउँदा वन्यजन्तु अवलोकन मात्र नभएर यहाँका आदिवासीको रहनसहन, कलासंस्कृतिको समेत अवलोकन गर्न सकिने उनको भनाइ छ । 

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ७ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया