इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए « Khabarhub

इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

इजरायल – बुधबार इजरायलले गाजामा गरेको आक्रमणमा ७० जनाको ज्यान गएको छ। पहिलो चरणको युद्ध विराम सकिएपछि इजरायलले सुरु गरेको आक्रमणमा १८३ बालबालिकासहित ४४३ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझ भीषण र डरलाग्दो आक्रमण हुने चेतावनी दिएका छन्।

इजरायलले पछिल्लो समय सुरु गरेको जमिन आक्रमणको लक्ष्यसमेत प्रस्ट भएको छ। इजरायलले गाजा क्षेत्रलाई दुई भागमा विभाजित गरेको नृटजारिम कोरिडोर नियन्त्रणमा लिने लक्ष्य राखेको छ।

गाजाको यो भयावह अवस्थापछि त्यहाँ रहेको राष्ट्र सङ्घीय मिसनमा रहेकाले सुरक्षा परिषद्सँग तत्काल युद्ध रोक्नका लागि पहल आवश्यक रहेको बताएका छन्।

इजरायलले बेत लाहियामा गरेको आक्रमणमा सबै भन्दा धेरै २४ जना मारिए। त्यसै आक्रमणमा राष्ट्र सङ्घीय कर्मचारीको समेत ज्यान गएको बताइएको छ। केही समय अघि भएको आक्रमणमा १० जनाको ज्यान गएको छ।

यसैबीच इजरायलले यमनको हाउथी नियन्त्रित क्षेत्रमा लगातार पाँच दिन आक्रमण गरेपछि अमेरिकाले हाउथी समूह निर्मूल हुने चेतावनी दिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ८ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया