इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए « Khabarhub

इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

इजरायल – बुधबार इजरायलले गाजामा गरेको आक्रमणमा ७० जनाको ज्यान गएको छ। पहिलो चरणको युद्ध विराम सकिएपछि इजरायलले सुरु गरेको आक्रमणमा १८३ बालबालिकासहित ४४३ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझ भीषण र डरलाग्दो आक्रमण हुने चेतावनी दिएका छन्।

इजरायलले पछिल्लो समय सुरु गरेको जमिन आक्रमणको लक्ष्यसमेत प्रस्ट भएको छ। इजरायलले गाजा क्षेत्रलाई दुई भागमा विभाजित गरेको नृटजारिम कोरिडोर नियन्त्रणमा लिने लक्ष्य राखेको छ।

गाजाको यो भयावह अवस्थापछि त्यहाँ रहेको राष्ट्र सङ्घीय मिसनमा रहेकाले सुरक्षा परिषद्सँग तत्काल युद्ध रोक्नका लागि पहल आवश्यक रहेको बताएका छन्।

इजरायलले बेत लाहियामा गरेको आक्रमणमा सबै भन्दा धेरै २४ जना मारिए। त्यसै आक्रमणमा राष्ट्र सङ्घीय कर्मचारीको समेत ज्यान गएको बताइएको छ। केही समय अघि भएको आक्रमणमा १० जनाको ज्यान गएको छ।

यसैबीच इजरायलले यमनको हाउथी नियन्त्रित क्षेत्रमा लगातार पाँच दिन आक्रमण गरेपछि अमेरिकाले हाउथी समूह निर्मूल हुने चेतावनी दिएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ८ : ३० बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा