आज अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाइँदै « Khabarhub

आज अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाइँदै


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो ।

संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकाङ्क्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो ।

यो दिवस मनाउने सङ्कल्प भुटानले सुरु गरेको हो । भुटानले सन् १९७० को दशकको सुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो । 

फ्रान्सेली भाषा दिवस
आज विश्वभर फ्रान्सेली भाषा दिवस पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घले विभिन्न ६ भाषालाई दिवसका रुपमा मनाउँदै आएको छ । जसमा फ्रान्सेलीसँगै अरबिक, चिनियाँ, अङ्ग्रेजी, रसियन र स्पेनिस भाषा पर्दछन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ९ : ०५ बजे

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा