कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस | Khabarhub Khabarhub

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ । कोशी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री भण्डारीले समस्याग्रस्त सहकारी संस्था तथा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताए । उनका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि एक करोड २८ लाख ६० हजार रकम बाँडफाँड गर्न स्वीकृति प्रदान गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँडको अनुमानित सीमा एक अर्ब १० करोड स्वीकृत गर्ने निर्णय गरेको छ ।

साथै उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि एक करोड ५० लाख बाँडफाँड गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिए । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि आजको बैठकले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : १२ बजे

लन्डनको एयरपोर्टमा आगलागी हुँदा २४ घण्टा उडान बन्द 

लन्डन– बेलायतको सबैभन्दा भन्दा ठुलो एयरपोर्ट नजिक आगलागी भएको छ।

राजावादीले फोटो बोकेको प्रकरण नसेलाउँदै योगी भेट्न धाउन थाले नेपाली नेता

काठमाडौं- गत फागुन २५ गते काठमाडौंमा आयोजित राजावादीको प्रदर्शनका क्रममा

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसईई परीक्षा दिँदै

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना

काठमाडौं महानगरले चैत १२ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले चैत १२ गतेदेखि स्तन क्यान्सर र पाठेघरको मुखको

स्वदेशी वस्तुको प्रयोग बढाउन प्रधानमन्त्रीको आग्रह 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन