संसदमा ज्ञानेन्द्रको चेतावनी- पूर्वराजाबारे बोल्दा होस पुर्‍याएर बोल्नुहोस् « Khabarhub

संसदमा ज्ञानेन्द्रको चेतावनी- पूर्वराजाबारे बोल्दा होस पुर्‍याएर बोल्नुहोस्


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न गणतन्त्रवादी दलहरूलाई चेतावनी दिएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा उनले वामपन्थी दलहरूले आदर्शका रुपमा मान्दै आएका विदेशी नेताहरूको नाम उल्लेख गर्दैै पूर्वराजाका बारेमा बोल्दा होस पुर्‍याएर मात्रै बोल्न चेतावनी दिएका हुन् ।  

‘फागुन २५ गते हामीले गरेको स्वागत गरेको कसैका विरुद्ध आन्दोलन होइन । स्वागत गर्दा त मुटु हल्लियो, कलेजो थर्कियो । धर्ती फाट्यो, आकाश फुट्यो भने तपाईंहरूका विरुद्ध आन्दोलन गर्‍यो भने हालत के हुन्छ रु यो कुरा याद गरेर संसद्‌मा कुरा उठाइयोस्,’ सांसद शाहीले भने ।  

उनले राजा फर्किँदैन भन्ने गरेको गणतन्त्रवादी दलहरूको अभिव्यक्तिका प्रति पनि आपत्ति जनाए । ‘राजा गइसक्यो फर्किँदैन भन्नुहुन्छ, गइसकेको राजा फर्किँदैन भने माक्र्स, लेनिन र माओको खोज्यो भने अस्तु पनि भेटिँदैन,’ शाहीले भने, ‘त्यो चैं कसरी फर्किन्छ र मान्छेलाई उल्लू बनाइराख्नुभएको ?’

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १२ : ४० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा