उपप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीद्वारा त्रिवि खेल मैदानको प्यारापिट अवलोकन (तस्बिरहरू) « Khabarhub

उपप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीद्वारा त्रिवि खेल मैदानको प्यारापिट अवलोकन (तस्बिरहरू)


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयले आगामी २०८२ वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण कार्य सम्पन्न हुने गरी सहजीकरण भइरहेको जनाएको छ ।  

बिहीबार कीर्तिपुरस्थीत क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले तोकिएको समयभित्रै प्याराफिट निर्माण हुने गरी मन्त्रालयबाट समन्वय र सहजीकरण भइरहेको बताएका हुन् । 

क्रिकेट मैदानमा प्यारापिट निर्माणलगायत काममा प्रधानमन्त्रीको पनि चासो रहेको भन्दै उनले समयमा नै कार्यसम्पन्न गर्न तीन सिफ्टमा काम भइरहेको उल्लेख गरे ।

क्रिकेट नेपालको लोकप्रिय खेलको रूपमा विकास भइरहेको अवस्थामा देशका अन्य स्थानमा पनि मैदान निर्माण गरेर अघि बढ्ने उनले बताए ।  

त्यस्तै खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको लागि पटक पटक बोलपत्र आह्वान गर्दा पनि सोचेजस्तो प्रस्ताव नआएकाले अर्थ मन्त्रालयको समन्वयमा शहरी विकास मन्त्रालयलाई जिम्मा दिइएको बताए । 

उनले सम्झौता अनुसार ठकेदार कम्पनीले समयमा नै कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण गर्ने विश्वास व्यक्त गरे । मन्त्री चौधरीले मूलपानी मैदानको निर्माण अघि बढाउन स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए । 

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो । 

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १ : ०९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया