‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका लागि कार्ययोजना कार्यान्वयन’ « Khabarhub

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका लागि कार्ययोजना कार्यान्वयन’


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताएका छन् । 

प्रतिनिधि सभा बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको बताएका हुन् । 

‘यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुटजस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ,’ प्रधानमन्त्रीले भने, ‘हाल अलजजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एयरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन् ।’

प्रधानमन्त्री ओलीले श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको जानकारी दिँदै अध्यागमन, मुद्रा सटहीलगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : ०२ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन