नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, आईएफसी र ईयूको साझेदारी « Khabarhub

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, आईएफसी र ईयूको साझेदारी


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्चको पहिलो हप्ता एनएमबी  बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी ) सँग सहकार्य गर्दै र युरोपियन युनियनको  एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीन-दिने तालिम सञ्चालन गरेको छ । 

सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू-ऊर्जा, कृषि व्यवसाय, र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्र-मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 आईएफसी का विशेषज्ञ र स्थानीय परामर्शदाताबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे ज्ञान लिन बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू, तथा ग्राहकहरू गरी ९० जना सहभागी भए ।

यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : ४१ बजे

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी