नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, आईएफसी र ईयूको साझेदारी « Khabarhub

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबी बैंक, आईएफसी र ईयूको साझेदारी


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्चको पहिलो हप्ता एनएमबी  बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी ) सँग सहकार्य गर्दै र युरोपियन युनियनको  एसीएसआईआईएस कार्यक्रमको सहयोगमा तीन-दिने तालिम सञ्चालन गरेको छ । 

सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू-ऊर्जा, कृषि व्यवसाय, र एसएमई (सानो तथा मध्यम उद्यम) क्षेत्र-मा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 आईएफसी का विशेषज्ञ र स्थानीय परामर्शदाताबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे ज्ञान लिन बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू, तथा ग्राहकहरू गरी ९० जना सहभागी भए ।

यस कार्यक्रमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयहरूमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  १ : ४१ बजे

चितवनबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

चितवन– माडी नगरपालिका-२ ढिकोन टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १३ ट्याब्लेट

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार अज्ञात आतंककारीहरूले

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन