असोजमा बाढी, पहिरो र डुबान : चैत लागेपछि सरकारले थाल्यो क्षतिको सोधिखोजी « Khabarhub

असोजमा बाढी, पहिरो र डुबान : चैत लागेपछि सरकारले थाल्यो क्षतिको सोधिखोजी


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत असोज महिनामा गएको बाढी, पहिरो डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन अघि बढाउने निर्णय गरेको छ ।  

सिंहदरबारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औं बैठकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन तत्काल अघि बढाउने निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

 क्षतिको आँकलन संकलन कार्य आगामी साताभित्रै सुरु गरिने उनले जानकारी दिए । उनले क्षतिको मूल्याङ्कन गरेर निजी आवासहरू अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्ने बताए । 

बैठकमा आगामी दिनमा विपद्बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहँदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको गृहमन्त्री लेखकले उल्लेख गरे ।  

त्यस्तै बैठकमा पश्चिम नेपालको भूकम्पबाट भएको क्षति आँकलन गरि स्थायी आवास निर्माणको कार्य पनि अघि बढेको जानकारी दिए । जाजरकोटमा पनि पुनर्निर्माण र पुर्नस्थापनाको काम अघि बढेको र केन्द्रबाट अनुदान पठाउने काम प्रारम्भ भएको उनले बताए । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  २ : ३८ बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र