असोजमा बाढी, पहिरो र डुबान : चैत लागेपछि सरकारले थाल्यो क्षतिको सोधिखोजी « Khabarhub

असोजमा बाढी, पहिरो र डुबान : चैत लागेपछि सरकारले थाल्यो क्षतिको सोधिखोजी


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गत असोज महिनामा गएको बाढी, पहिरो डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन अघि बढाउने निर्णय गरेको छ ।  

सिंहदरबारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३० औं बैठकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आँकलन तत्काल अघि बढाउने निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।

 क्षतिको आँकलन संकलन कार्य आगामी साताभित्रै सुरु गरिने उनले जानकारी दिए । उनले क्षतिको मूल्याङ्कन गरेर निजी आवासहरू अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्ने बताए । 

बैठकमा आगामी दिनमा विपद्बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहँदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको गृहमन्त्री लेखकले उल्लेख गरे ।  

त्यस्तै बैठकमा पश्चिम नेपालको भूकम्पबाट भएको क्षति आँकलन गरि स्थायी आवास निर्माणको कार्य पनि अघि बढेको जानकारी दिए । जाजरकोटमा पनि पुनर्निर्माण र पुर्नस्थापनाको काम अघि बढेको र केन्द्रबाट अनुदान पठाउने काम प्रारम्भ भएको उनले बताए । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  २ : ३८ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा