इरानी जेलमा रहेका एक फ्रान्सेली नागरिक रिहा : म्याक्रोँ « Khabarhub

इरानी जेलमा रहेका एक फ्रान्सेली नागरिक रिहा : म्याक्रोँ


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन् २०२२ को अक्टोबरदेखि इरानले हिरासतमा लिएका फ्रान्सेली नागरिक ओलिभर ग्रोन्डाउ रिहा हुने भएका छन् । उनको रिहाइको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पुष्टि गरेका छन् ।

म्याक्रोँले ग्रोन्डाउको रिहाइबारे भने, ‘३४ वर्षीय ग्रोन्डेउ ‘स्वतन्त्र भएका र आफ्ना प्रियजनसँग भेट भइसक्नुभएको’, म्याक्रोँले एक्समा जारी एक सन्देशमा उल्लेख गरे । 

उनले इरानमा रहेका अन्य  नागरिकको रिहाइको पनि पहल भइरहेको बताए, ‘इरानले हिरासतमा लिएका अन्य दुई फ्रान्सेली नागरिकको रिहाई सुनिश्चित गर्न हाम्रो प्रयासमा निरन्तरता दिइनेछ । कम हुने छैन।’

म्याक्रोँले करिब ९०० दिनको कठिन परीक्षापछि ग्रोन्डाउको रिहाइको अवस्थाबारे थप जानकारी भने दिएका छैनन् । 

इरानमा रहेका अन्य दुई फ्रान्सेली नागरिकमा शिक्षिका सेसिल कोहलर र उनका साथी ज्याक पेरिस रहेका छन् । उनीहरूलाई सन् २०२२ को मे महिनामा पक्राउ गरिएको थियो । उनीहरूमथि मजदुर आन्दोलन चर्काउन खोजेको आरोप लगाइएको छ तर उनीहरूका परिवारले भने त्यसको खण्डन गरेका छन् ।

विदेशमन्त्री ज्याँ नोएल बारोटले ‘एक्स’ मा एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कने विमानभित्रको ग्रोन्डाउको तस्बिर पोस्ट गर्दै भने ’इरानमा ८८७ दिनसम्म बन्धक बनाइएका ग्रोन्डाउ आफ्नो परिवार, प्रियजन र आफ्नो देशसँग पुनर्मिलन भएका छन् । यो ठूलो राहत हो।

सन् २०२२ को अक्टोबरमा दक्षिणी इरानको शिराजबाट ग्रोन्डाउलाई पक्राउ गरिएको थियो र उहाँलाई ’इरानविरुद्ध षड्यन्त्र गरेको’ आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

उहाँको परिवारले आरोपहरू अस्वीकार गर्दै ग्रोन्डाउलाई फारसी कविताको एक भावुक प्रशंसकको रूपमा वर्णन गरेको छ । उहाँ विश्व भ्रमणको क्रममा पर्यटन भिसामा इरान गएको पारिवारिक स्रोतले बताएको छ । 

पश्चिमा मुलुकहरूले वर्षौंदेखि इरानले आफ्ना नागरिकलाई बन्धक बनाउने नीतिका आधारमा पक्राउ गर्ने गरेको आरोप लगाउँदै आएका छन् ।
 
फ्रान्सले इरानमा रहेका आफ्ना नागरिकलाई स्वेच्छाचारी ढङ्गबाट हिरासतमा राखिएका ‘सरकारी बन्धक’ को संज्ञा दिएको छ । उनीहरूमाथि लगाइएका सबै आरोप निराधार रहेको र आफ्ना नागरिक निर्दोष रहेको फ्रान्सको दावी छ । 

यस वर्षको सुरुसम्म, ग्रोन्डाउलाई उहाँको पहिलो नामले मात्र पहिचान गरिएको थियो तर उहाँको पूर्ण पहिचान जनवरीमा उहाँको परिवारले खुलासा गरेको थियो।

त्यतिबेला फ्रान्सेली सञ्चारमाध्यमले प्रसारण गरेको अडियो सन्देशमा ग्रोन्डाउले आफू र इरानमा रहेका अन्य दुई फ्रान्सेली बन्दीहरू ‘हिरासत जीवनबाट थकित’ भएको र उनीहरूको शक्ति ‘समाप्त हुँदै गएको’ बताएका थिए । 
 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  २ : ३८ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा