मुलुकमा बहुलपहिचान र बहुलशासन आवश्यक : राजेन्द्र महतो « Khabarhub

मुलुकमा बहुलपहिचान र बहुलशासन आवश्यक : राजेन्द्र महतो


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा बहुलपहिचान र बहुलशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । 

एकलपहिचान र एकलशासन लादिएको टिप्पणी गर्दै उनले देशमा बहुलपहिचान र बहुलशासन कायम गराउन आवश्यक रहेको बताएका हुन् । 

काठमाडौंको नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रम सम्बोधनमा अध्यक्ष महतोले देशमा बहुलपहिचान कायम गरी बहुलराष्ट्रिय राज्यको स्थापना गर्न राष्ट्रिय मुक्ति पार्टी अगाडि बढेको बताए । 

उनले परिवर्तनको लडाईँमा युवाहरू सक्रिय भएर लाग्नुपर्नेमा पनि जोड लिए ।

 ‘अहिलेका प्रमुख राजनीतिक दलका शीर्ष नेताले ३५ वर्षदेखि देशलाई एकल नश्लीय चरित्रको आधारमा शासनसत्ता सञ्चालन गरेकाले अनेक समस्या उत्पन्न भयो,’ महतोले भने, ‘देश आर्थिक रुपमा धराशयी हुन पुग्यो । देशको अर्थतन्त्र उकास्न, अधिकार र पहिचानको स्थापना गर्न, स्वशासनको अभ्यास गराउन सारा नेपाली जनता एकजुट भएर लाग्नुपर्ने समय आयो ।’ 

कार्यक्रममा दुई सयभन्दा बढी नेता-कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरेर राष्ट्रिय मुक्ति पार्टीमा समाहित भएका उक्त दलले दाबी गरेको छ । 

कार्यक्रममा नेताहरू बुद्ध छिरिङ मोक्तान, कौशलकुमार सिंह, सुमन सायमी, केशव झा, सन्तोष मेहता, कमला गुरुङ, जुनतारा मगर, अनिल महासेठ, रविन्द्रकुमार श्रेष्ठलगायतका वक्ताहरूले पार्टीको विचार र भावी कार्यक्रमबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ४ : २४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया