पोखरा महानगरका अधिकृत गिरी २५ हजार घुससहित पक्राउ « Khabarhub

पोखरा महानगरका अधिकृत गिरी २५ हजार घुससहित पक्राउ


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । 

गिरी महानगरको उजुरी फर्छ्यौट शाखामा कार्यरत हुन् । प्रशासकीय अधिकृत गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो महानगरकै कार्यालय नजिकैबाट पक्राउ परेका हुन् । 

अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जनाए ।

गिरी पोखरा महानगरपालिकामा अख्तियार सम्बन्धी उजुरीको जवाफदेही अधिकारी हुन् । अख्तियारले सोधेका प्रष्टिकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट उनले जवाफ पठाउने जिम्मेवारी हो । सोही आधारमा महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी गिरीले घुस मागेका थिए ।

महानगरपालिका कार्यालयभन्दा बाहिर अख्तियारका कर्मचारीले गिरीलाई पक्रेका हुन् । गिरीले आफू निर्दोष रहेको दाबी गरेका छन् । आफूलाई फसाउन प्रपञ्च रचिएको उनले आयोगको टोलीसँग बताएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ५ : ३१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी